बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

भारतका बाढी पीडितहरुलाई एनआरएनए नाइजेरियाको सहयोग

बिहीबार, ०९ पुस २०७२, ०७ : ५३
बिहीबार, ०९ पुस २०७२
लेगोस ,नाइजेरिया एनआरएनए नाइजेरियाले भारतको चेन्नईमा हालैको बाढीबाट पिडितहरुका लागि लेगोस स्थित तमिल एसोसियसन नाइजेरिया मार्फत नाइजेरियन नैरा एक लाख सहयोग गरेको छ । उक्त सहयोग रकम नाइजेरिया स्थित एनआरएन सदस्यहरु बाट सहयोग स्वरुप जम्मा गरिएको संघका नाइजेरिया अधक्ष्य दिपक कर्णका अनुसार छिमेकी मुलुकमा परेको अप्ठ्यारोमा सानै भए पनि सहयोग गर्न पाइएकोमा खुशी लागेको बताए। संघका अन्तराष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाले गएको भुकम्पको बिपतमा यहाँ स्थित भारतीय समुदायहरुले एनआरएनएको राहत संकलन अभियानमा दिएको साथ् स्मरणीय रहेको भन्दै हामीले पनि तमिल समाजमार्फत सानो सहयोग पठाई दुखमा साथ रहेको संदेश दिएको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप