एकाध दिनभित्रै तराई मधेसको समस्या समाधान हुन्छ : अध्यक्ष दाहाल
काठमाडौँ–एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले तराई मधेसमा जारी समस्या राजनीतिक तवरले एकाध दिनभित्रै सम्बोधन हुने बताएका छन् ।
रिपोर्टर्स क्लबले आज उनकै निवास लाजिम्पाटमा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अध्यक्ष दाहालले व्यवस्थापिका–संसद्मा पेस भएको संविधान संशोधन विधेयकलाई पारित गर्न मधेसवादी दलको समेत सहयोग रहने बताए ।
मुलुकले भोग्नुपरेको समस्या समाधान गर्न विशेष पहल गरिरहेको जानकारी दिँदै उनले शुक्रबार मधेसी मोर्चासँग सार्थक वार्ता गरिने र त्यसका लागि सरकार र राजनीतिक दललेसमेत सकारात्मक पहल गरिरहेको उल्लेख गरे ।
आज पनि मधेसी मोर्चाका नेतासँग एक चरण वार्ता भएको र आन्दोलनरत दल पनि समस्या समाधान गर्नुपर्छ भन्नेमा रहेको आफूले पाएको स्पष्ट पार्दै अध्यक्ष दाहालले सबै पक्ष लचिलो भएर प्रस्तुत भए एकाध घन्टामा समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
मधेसी मोर्चाले उठाएको प्रदेशको सीमाङ्कनबाहेकका विषयमा सहमति जुट्ने अवस्था रहेको भन्दै उनले सदनमा पेस भएको संविधान संशोधनको भाषा कस्तो बनाउने र कसरी सहमति जुटाउने भन्नेमा दलबीच संवाद जारी रहेको बताए । भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण विधेयक पारित गर्न सहयोग गरे जसरी नै मोर्चाले संविधान संशोधन विधेयक पारित गर्न सहयोग गर्नसक्ने भन्दै उहाँले त्यसबाट केही माग सम्बोधन हुने र बाँकी रहेका विषयमा सम्बोधन गर्न तीन महिनाको समयसीमा दिएर उच्चस्तरीय समिति बनाइने बताए ।
अध्यक्ष दाहालले भने– “प्रमुख राजनीतिक दल, विज्ञ, आन्दोलनरत मधेसी मोर्चाका प्रतिनिधिसमेत रहेको समिति बनाइन्छ । सो समितिले तीन महिनाभित्र दिने प्रतिवेदनका आधारमा सीमाङ्कनको विषय टुङ्ग्याइन्छ । त्यसमा सबैको सहमति हुन्छ भन्ने मेरो विश्वास छ ।”
फरक एक प्रसङ्गमा अध्यक्ष दाहालले कालोबजारी र कमिसनखोरलाई नियन्त्रण गर्न आफूले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकबाट सरकारलाई आग्रह गरेको जानकारी दिँदै केही हदमा नियन्त्रणमा पनि आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण