आइतबार नेपालको दोस्रो खेल भारतसँग
काठमाडौँ– दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप)अन्तर्गत नेपाल र आयोजक भारतबीचको खेल आइतबार हुनेछ ।
भारतको केरलास्थित त्रिवेन्द्रममा नेपालले आइतबार साँझ आफ्नो समूहको अन्तिम खेल भारतसँग खेल्दैछ ।
पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ०–१ गोल अन्तरले पराजित हुँदै उसलाई तीन अङ्क सुम्पियो । त्यस्तै, भारतले श्रीलङ्कामाथि २–० को स्पष्ट नतिजा निकाल्दै समान तीन अङ्क जोडेर गोल अन्तरका आधारमा समूहको शीर्षस्थानमा छ ।
भारतसँगको हारका बाबजुद श्रीलङ्काको सेमिफाइनल पुग्ने सम्भावना भने जीवित छ । अर्कोतिर, पहिलो हारले नेपालको सेमिफाइनल यात्रा कठिन भएको छ तर सकिएको छैन । अब नेपालले भारतलाई हराउँदा मात्र सेमिफाइनल यात्रा सुरक्षित छ । तर, प्रतियोगिताकै दाबेदार मानिएको टोली भारतलाई उसकै मैदानमा हराउन नेपाली खेलाडीले पुराना गल्ती सुधार्दै शतप्रतिशत तागत लगाएर खेल्न जरुरी छ ।
यसअघि, श्रीलङ्कासँग अधिकांश समय खेल नियन्त्रणमा लिनका बाबजुद नेपालले अतिरिक्त समयमा आफ्नै गल्तीमा गोल खाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण