संविधानमा सबै समुदायका अधिकार सुनिश्चित छ : उपप्रम केसी
म्याग्दी– उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारण चित्रबहादुर केसीले नयाँ संविधानमा सबै समुदायका हक र अधिकार सुनिश्चित भएको बताएका छन् ।
‘नेपालको संविधान जनताको संविधान–जनताको संविधान जनताकै माझमा’ राष्ट्रव्यापी प्रचार अभियानअन्र्तगत आज बेनीमा आयोजित कार्यक्रममा उनले महिला, दलित, मधेसी, जनजाति र पिछडिएका समुदायका अधिकार नयाँ संविधानमा सुनिश्चित भएकाले नयाँ संविधान उत्कृष्ट रहेको बताए ।
उपप्रधानमन्त्री केसीले संविधान निर्माणपश्चात् यसको कार्यान्वयन महत्वपूर्ण रहेकाले संविधान जारी गर्न एकमत भएका मुख्य तीन दलको एकता अझै आवश्यक रहेको उल्लेख गरे । संविधानमा भएका विमतिलाई जनमत तयार गरी संशोधनमार्फत अगाडि बढ्नुपर्ने बताउँदै उनले मधेसमा जारी आन्दोलनको संवैधानिक र राजनीतिकरुपमा समाधान खोजिनुपर्ने बताए ।
माग सम्बोधनको बाहनामा देश नै ठप्प हुने गरी सीमानाका अवरोध गर्नु र हिंसात्मक आन्दोलन गर्नुको कुनै अर्थ नरहेको भन्दै उनले निर्वाचन क्षेत्र भूगोल र जनसङ्ख्याको आधारमा मात्रै निर्धारण हुने बताए । जनताका प्रतिनिधिद्वारा संविधान निर्माण हुनु जनताकै जित भएको उनको भनाइ थियो ।
आफ्नो पार्टी जनमोर्चाले समेत संविधानका केही व्यवस्थामा विमति जनाएको स्मरण गर्दै उपप्रधानमन्त्री केसीले नयाँ संविधानले मुलुकको विकासको मार्गदर्शन दिएकाले संविधानको कार्यान्वयनमा सबै एकजुट भएर लाग्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण