महोत्तरीमा पन्ध्रवटा खसी र दुई क्विन्टल दाल बरामद
गौशाला– महोत्तरी प्रहरीले जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–१४ बाट आज बिहान १५ वटा खसी बरामद गरेको छ ।
प्रहरीचौकी भिट्ठामोडबाट खटिगएको गस्ती टोलीले बिहान ६ः०० बजे भारतबाट भन्सार छली चोरी–पैठारी भइआएको १५ वटा खसी बरामद गरेको प्रहरी निरीक्षक नरेश महतोले बताए ।
विगत चार महिनादेखि जिल्लामा चलिरहेको नाकाबन्दीको फाइदा उठाउँदै भारतबाट चोरी तस्करी दिनहुँ सयौँ खसीबोका नेपाल भित्रिने गरेकामा आज बिहान एकै साथ प्रहरीले १५ वटा खसी बरामद गर्न सफल भएको हो ।
ती खसी प्रहरीले आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय भिट्ठामोडमा बुझाउने तयारी गरिरहेको छ ।
यसैगरी महोत्तरीको पूर्वी नाका मटिहानीमा भारतबाट चोरी–पैठारी भइआएको दुई क्विन्टल दाल आज बिहान प्रहरीले बरामद गरेको छ । एकाबिहानै भारतको मधवापुर बजारबाट खरिद गरी भन्सार छली चोरी–पैठारी गरी मटिहानी–७ स्थित बाटोमा ल्याइराखेको अवस्थामा सो दाल बरामद गरिएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । नाकाबन्दीको मौका छोपी चोरी–तस्करी गरिल्याएको सो दाल प्रहरीले बरामद गरी आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण