मोटरसाइकल चोरी गरेको आरोपमा एक पक्राउ
शुक्रबार, १७ पुस २०७२, १० : २९
महोत्तरी–प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा आज बिहान महोत्तरीको गौशालाबाट एकजनालाई पक्राउ गरेको छ । प्रहरीले लक्ष्मीनियाँ–३ का १८ वर्षीय दिनेशकुमार महतोलाई मोटरसाइकलसहित पक्राउ गरेको हो ।
केही दिनअगाडि महोत्तरीको भरतपुर–५ का सञ्जय महतोको घरबाट वी आर ०१–५९९६ नम्बरको भारतीय नम्बर प्लेटका मोटरसाइकल चोरी गरी फरार रहँदै आएको दिनेशलाई मोटरसाइकलसहित पक्राउ गरिएको हो ।
आज बिहान सो मोटरसाइकल गौशालास्थित महावीर ग्यारेजमा मर्मतका लागि ल्याएको समयमा सुराकीका आधारमा इलाका प्रहरी कार्यालय गौशालाका टोलीले दिनेशलाई पक्राउ गरेको प्रहरी निरीक्षक मच्छिन्द्रबाबु केसीले जानकारी दिए । सो घटनामा संलग्न अन्य तीनजना फरार रहेकाले खोजी कार्य तीव्र बनाएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण