ट्राफिकद्वारा असुरक्षित हेलमेट नियन्त्रण अभियान सुरु
चितवन– चितवनमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले असुरक्षित हेलमेट नियन्त्रण अभियान सुरु गरेको छ ।
हेलमेटमा लापरबाही गर्ने र तालु मात्रै ढाक्ने जस्ता साना तथा असुरक्षित हेलमेटका कारण दुर्घटनामा ज्यान जोखिम हुने भन्दै प्रहरीले यस्तो अभियान थालेको जनाएको छ । दुई दिनअघिबाट सुरु भएको अभियानअन्तर्गत अहिलेसम्म प्रहरीले १६० वटा हेलमेट नियन्त्रणमा लिइसकेको छ । चितवनका ट्राफिक कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक राजन भेटवालका अनुसार असुरक्षित हेलमेट नियन्त्रणमा लिने र सुरक्षित हेलमेट लिएर आएपछि छाड्ने गरिएको छ । प्रारम्भिक चरणमा जरिवाना लिने गरिएको छैन, जरिवाना लिँदैन भनेर लापरबाही गरिएको पाइएमा कडाइका साथ जरिवाना लिने प्रक्रियासमेत सुरु गर्ने उनले बताए ।
यसैबीच ट्राफिक प्रहरीले आज सवारी जाँचका क्रममा १८० जना चालकलाई कारबाही गरेको छ । गएको २४ घन्टाको अवधिमा नियम उल्लङ्घन गर्नेहरुलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । उनीहरुबाट करिब रु एक लाख ६१ हजार राजस्व सङ्कलन भएको छ । जसमा ६ जना मापसे गरेर सवारी चलाउनेसमेत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण