भोकै बस्छौं तर झुक्दैनौं : केसी
रुकुम–नेकपा एमालेका केन्द्रीय सदस्य शेरबहादुर केसीले पछिल्लो समयमा भारत सरकारले जतिपटक नाकाबन्दी गरेपनि नेपालीहरु बरु भोकै बस्छन्, तर कहिल्यै नझुक्ने बताएका छन् । बिहीबार नेकपा एमालेले रुकुमको कोटजहारीमा गरेको कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य केसीले यस्तो बताएका हुन् ।
तराईवादी दलहरुले गरेको आन्दोलनको नाममा नेपालीहरुलाई नाकाबन्दी गरेर झुकाउन खोजेको भन्दै नेपालीहरु पूर्खौदेखि नझुकेको भन्दै अब पनि कहिल्यै नझुक्ने बताएका छन् । नाकाबन्दी लगाएर नेपालीहरुलाई जति दुख दिएपनि नेपालीहरुले दुखलाई शक्तिमा बदल्न जानेको तर झुक्न नजानेको नेता केसीले बताए ।
संविधानका असन्तुष्टिका लागि संसदबाट नै समाधान खोज्नुको सट्टा नाकाबन्दी गरेर मधेसवादी दल र भारत सरकाले नेपालीलाई जति नै झुकाउन खोजेपनि नेपालीहरु कोही विदेशीसामु नझुक्ने बताए । अब नेपालीहरु आत्मनिर्भरका लागि संघर्षरत गर्ने र अरु देशसँग पनि व्यापार सम्झौता गर्ने बताए । भारतसँग मात्र व्यापार सम्झौता गरेकोले भारतले हेला गर्न खोजेको भन्दै अब नेपालीहरु आत्मनिर्भर भएपछि कहिल्यै झुक्न नपर्ने बताए । संविधान प्रचार प्रसार तथा गाउँ जागरण कार्यक्रम अन्तरगत एमाले रुकुम अहिले गाउँ जागरणमा गाउँ पसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण