खेलकुदको विकासका लागि सरकारले पूर्ण सहयोग गर्ने : प्रधानमन्त्री ओली
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद राष्ट्रको पहिचान भएको हुँदा यसको विकास र विस्तारका लागि सरकारका तर्फबाट पूर्ण सहयोग गरिने बताएका छन् ।
मदन भण्डारी स्पोर्टर्स एकेडेमीद्वारा आज यहाँ आयोजित वाकाथुनमा बोल्दै उनले निजीगत, राजनीतिगत स्वार्थबाट माथि उठी राष्ट्रको हितको निम्ति पनि खेलजगतको विकासका लागि लाग्नुपर्ने भनाइ व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले देशमा अहिले भइरहेको अस्थायी समस्यालाई समाधान गर्दै अगाडि बढ्ने विचार व्यक्त गरे । “राजनीतिक क्षेत्रमा रहेका वा राखिएका विभिन्न मतभेदहरु जुन छन् त्यसलाई सम्बोधन गर्न सकिने उचित कुरालाई सम्बोधन गर्छौं र नमिल्ने कुरालाई सम्झाउँदै अगाडि बढ्छौँ” – प्रधानमन्त्री ओली भन्छन् ।
उनले देशमा शान्ति सुरक्षा, जनताको हकअधिकारको रक्षा र देशको लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्दै समृद्धिको बाटोमा अगाडि बढ्ने आमजनताको आकाङ्क्षालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले खेलकुद क्षेत्रको विकास र विस्तारका लागि मदन भण्डारी स्पोर्टस् एकेडेमीसँग समन्वय गरेर अगाडि बढ्ने भनाइ व्यक्त गरे ।
उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा सञ्चालित वेबसाइटको उद्घाटन गरेका थिए ।
करिब दुई हजारजनाको सहभागिता रहेको वाकाथुन भृकुटीमण्डपबाट सुरु भई सहिदगेट, सुन्धारा हुँदै त्रिपुरेश्वरमा गएर टुङ्गिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण