काँग्रेसमा नेतृत्व फेरिन्छ : नेता महत
बागलुङ– नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले आउँदो महाधिवेशनले काँगे्रसको मूल नेतृत्व परिवर्तन गर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन, बागलुङले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले पुरानै नेतृत्व दोहोरिन नसक्ने धारणा राखे ।
सुशील कोइराला पुनः सभापति हुने सम्भावना नरहेको भन्दै उनले अर्को विकल्प आउनसक्ने संकेत गरे ।
‘अहिलेकै सभापति फेरि सभापति हुने कुरा आउँदैन’ नेता महतले भने ।
सहमति बन्ने अवस्थामा नेता शेर बहादुर देउवा र वर्तमान उपसभापति रामचन्द्र पौडेल पनि सभापति बन्ने सम्भावना जीवित रहेको नेता महतले बताए । नेता महतले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सरकार हटाउने अभियानमा नलागेको प्रष्ट पारे । ‘हामी अहिलेको सरकार हटाउने अभियानमा छैनौं, बरु सरकार आफ्नै गतिविधि र बोझले हट्ने सम्भावना म देख्छु’ नेता महतले भने ।
उहाँले मुलुकको वर्तमान सङ्कट समाधानका लागि सरकार गम्भीर नभएको आरोपसमेत लगाए । वार्ता र सहमतिकै माध्यमबाट समस्याको हल हुनेमा जोड दिदैँ नेता महतले ‘आन्दोलनरत मधेसी मोर्चालाई सहमतिमा आउन आग्रह गरे ।’
आपूर्तिमा भएको अवरोधका कारण इन्धनलगायत दैनिक उपभोग्य वस्तुमा देखिएको चरम मूल्यवृद्धि र कालोबजारी रोक्न सरकारले कडाइ गर्नुपर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण