सुनसरीको छिटाहामा दुई घरमा आगलागी, दश लाख बराबरको क्षति
शुक्रबार, १७ पुस २०७२, १२ : ५५
इटहरी– सुनसरी जिल्लाको दक्षिणी क्षेत्र छिटाहा गाविस–४ मा गएराति दुई घरमा अकस्मात आगलागी हुँदा कम्तीमा रु दश लाख भन्दा बढीको नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
बिन्देश्वरी मेहताको घरबाट सुरु भएको आगोले छिमेकी वासुदेव मेहताको घरसमेत जलेर खरानी भएको छ । आगलागीबाट विन्देश्वर वासुदेवको घरमा भएका चलअचल सम्पत्ति पूरै जलेर नष्ट हुँदा रु दश लाख भन्दा बढीको नोक्सानी भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको बताएको छ ।
मेहता परिवारको घरमा लागेको आगोका विषयमा अनुसन्धान भई रहेको तथा ती दुबै घरमा लागेको आगोलाई स्थानीयवासी र प्रहरीको सक्रियतामा राति नै नियन्त्रण गरिएकाले अरु बढी नोक्सानी भने हुन नपाएको पनि जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण