अन्यौलता हटिसक्यो, अब मुलुकले चाँडै निकास पाउँछः सञ्चारमन्त्री
विराटनगर– सूचना तथा सञ्चारमन्त्री शेरधन राईले अघोषित नाकाबन्दी र त्यसबाट सिर्जना भएको मानवीय सङ्कट चाँडै अन्त्य हुने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री राईले समस्यालाई समाधान गर्न सरकारले ठोस प्रस्ताव सार्वजनिक गरेको र त्यसमाथि अनौपचारिक वार्ता जारी रहेकाले छिट्टै नै सरकारले औपचारिक वार्ताका लागि मिति तोक्ने जानकारी दिए ।
उनले मधेसी मोर्चासँग वार्ताको माध्यमबाट असमझदारी र अन्यौलता हटिसकेकाले मुलुकले चाँडै निकास पाउने स्पष्ट पारे । उनले राजनीतिक संयन्त्रको माध्यमबाट सीमाङ्कनको समस्या तीन महिनाको अवधिमा समाधान गर्न प्रतिवेदन तयारी गर्ने काम भइरहेको र राजनीतिक रुपमा समाधानका लागि मोर्चासँग वार्ता गरेर ठोस निष्कर्षमा पुग्ने उल्लेख गरे ।
सञ्चारमन्त्री राईले भने– “मुलुकको समस्या समाधानका लागि सरकारले प्रस्तुत गरेको दृष्टिकोणप्रति भारत सरकारको सकारात्मक प्रतिक्रिया आएको र यसलाई सरकारले सकारात्मक रुपमा लिएको छ भने त्यसबाट सहज खालको वातावरण निर्माण भएको छ ।”
मन्त्रीमण्डल विस्तारको सन्दर्भमा पत्रकारको जिज्ञासामा उनले भने – “संविधान निर्माणमा सबै दलको योगदान प्रभावकारी रहेको र साना वा ठूला दलको कुरा नभई सबैको भूमिका महत्वपूर्ण रहेकाले मन्त्रीमण्डलको विस्तारलाई अन्यथा लिनुहुँदैन ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण