राजनीतिक खिचातानी त्यागेर देश निर्माणमा जुट्नु पर्छः मन्त्री पाण्डेय
पोखरा–उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले राजनीतिक खिचातानी त्यागेर देश निर्माणमा जुट्न सबैसँग आग्रह गरेका छन् ।
पोखरा उद्योग वाणिज्य सङ्घले आज आयोजना गरेको भेटघाट तथा स्वागत कार्यक्रममा उनले उद्योग तथा कलकारखानाको विकासबिना देश अगाडि बढ्न् नसक्ने भएकाले सरकारले सातवटै प्रदेशमा ठूला औद्योगिक क्षेत्र निर्माण गर्ने सोच राखेको बताए । “औद्योगिक क्षेत्र विस्तारका लागि सबै प्रदेशमा जग्गाको खोजी भइरहेको छ” उनले भने । भारतको अघोषित नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनबाट उद्यमी र व्यवसायीले ठूलो घाटा बेहोर्नु परेकोमा मन्त्री पाण्डेयले दुःख व्यक्त गरे ।
नाकाबन्दी हटाउन मधेसवादी दलसँग निर्णायक वार्ता थालिएको र वार्ता निष्कर्षमा पु¥याएर आपूर्ति सहज बनाउने उहाँले दाबी गरे । सङ्घका अध्यक्ष विन्दुकुमार थापाले अहिले सङ्कटबाट उद्यमी र व्यवसायीले ठूलो क्षति बेहोर्नु परेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
-
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा ‘हेर्दाहेर्दैमा’ राखेर सुनुवाइ हुँदै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण