ब्यवसायी तेजकरण जैन पक्राउ
काठमाडौं–अटोमोवाईल्स व्यवसायी तेजकरण जैनलाई प्रहरीले ठगी गरेको अभियोगमा पक्राउ गरेको छ ।
काठमाडौंको त्रिपुरेश्वरमा ‘तेज एण्ड करण ईन्टरप्राईजेज’ का संचालक रहेका जैनलाई बैंकीङ कसुरको अभियोगमा पक्राउ गरेर अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी वृत कालिमाटीका इन्स्पेक्टर अरुण कुमार भण्डारीले जानकारी दिएका छन् ।
कालिमाटी प्रहरीका अनुसार जैनले ऋषिराज शर्मासँग खरिद गरेको बा. १२ च ९४९ नम्बरको ‘हुण्डाई आई १०’ गाडीको पैसा लामो समयसम्म नदिएर ठगी गरेका थिए । जैनले गाडीको पैसा बापत दिएको कृषि विकास बैंकको २० लाख ७५ हजार मुल्य बराबरको चेक बाउन्स भएको बताईएको छ ।
‘उनलाई बैंकीङ कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर अनुसन्धान गरिरहेका छौं’ इन्सपेक्टर भण्डारीले भने ।
पुराना गाडी किनेर नयाँ बनाउने र कतिपय पुरानै गाडी नाफा लिएर बेच्ने गर्दै आएका जैन रिकण्डीशन हाउस समेत सञ्चालन गर्दै आएका छन् । प्रहरीका उच्च पदस्थ अधिकारी र नेताहरु समेतलाई उनले निःशुल्क गाडी दिने गरेका छन् ।
शक्तिको आडमा लामो समयदेखी उनले ठगी गर्दै आएको प्रहरी स्रोतको भनाई छ । जैन पक्राउ परेसँगै त्यसैगरी गाडी किनेर चेक बाउन्स भएको अर्को ९ लाख ७५ हजारको उजुरी समेत परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
-
रेखा पौडेल कम्बोडियाको क्लबमा आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण