सुस्त इन्टरनेट सेवाले बैंकका सेवाग्राहि समस्यामा
डोल्पा – डोल्पामा इन्टरनेट सेवा सुस्त भएपछि सदरमुकाम दुनैमा रहेको नेपाल बैंक लिमिटेड शाखाका सेवाग्राहिहरु समस्यामा परेका छन् । जडान गरीएको ए.डि.एस.एल इन्टरनेट सेवामा बर्षौ देखि समस्या देखिँदै आएकाले पटक पटक बैंङ्कको नियमित कामकाज समेत प्रभाबित हुनेगरेको छ । सुस्त इन्टरेनेट सेवाले दैनिक नयाँखाता खोल्ने,नगत जम्मा भुक्तानि तथा अन्य सबै बैंङ्किङ कारोवारमागर्न समेत समस्या परेको बैंङ्कले जानकारी दिएको छ । इन्टरनेटको समस्याले सबैभन्दा धेरै नगद भुक्तानिलिनुपर्ने सेवाग्राहि समस्यामापर्ने गरेका छन् । नेपाल बैंकको कुनै एक शाखामा खाता भएका सेवाग्राहिले नेपालको जुनसुकै शाखाबाट बैङ्किक सेवालिन सकिने बनाएपनि डोल्पा शाखामा रहेका सेवाग्राहिहरुको समस्याभने जेनकातेन रहेको छ । कुनै एक नेपाल बैंङ्कमा खाताभएका ग्राहकहरुको चेक नेपाल बैंङ्कको कुनैपनि शाखामा साट्न सकिने भएपछि डोल्पाबाट चेक बोकेर आउने सेवाग्राहिहरु झनै समस्यामा परेका छन् । सुस्त इन्टरनेटको कारणले सिस्टममा समस्या परेकोभन्दै चेक साट्न गएका सेवाग्राहिहरुलाई जिल्ला बाहिरका बैंङ्कको शाखाले कहिलेकाहिँ हप्तौसम्म फर्काउने गरेको सेवाग्राहिहरुले गुनासो गरेका छन् । डोल्पाको सिस्टममा समस्या आएको भन्दै नेपालगञ्ज शाखाले चेक नसाटेपछि सेवाग्राहिहरु आर्थिक अभाबमा अलपत्रपर्ने गरेका छन् भने समयमै गन्तब्यसम्मपनि पुग्न नसकेको सेवाग्राहि बिपिन न्यौपानेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
-
पूर्वप्रधानमन्त्री खनाल साताव्यापी चीन भ्रमणमा
-
स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
करेन्ट लागेका बालकलाई क्षतिपूर्ति दिइने
-
देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण