पाँच जिल्लामा स्व पूर्वराजा वीरेन्द्रको सम्पत्ति भेटिएन
सोमबार, ०३ फागुन २०७२, १३ : ४९
काठमाडौँ - स्वर्गीय पूर्वराजा वीरेन्द्र शाहको नाममा झापा, गोरखा, लमजुङ, रुपन्देही र दाङ जिल्लामा कुनै सम्पत्ति भटिएन ।
नेपाल ट्रष्ट कार्यालयले आव २०७२/०७३ मा खोजी सुरु गरेका १० जिल्ला मध्ये ती जिल्लामा उनको नाममा कुनै पनि सम्पत्ति नभेटिएको कार्यालयका सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
उनले भने, “ती जिल्लाका मालपोत कार्यालयमा गई सम्पत्ति खोज्यौँ तर भेट्टाउन सकिएन ।”
उहाँले बर्दिया र बाँके जिल्लामा सम्पत्ति खोजी जारी राखेको तथा कैलाली, कञ्चनपुर र बारा जिल्लामा केही समयपछि खोजी गरिने बताए ।
सचिव उपाध्यायले काठमाडौँ उपत्यकामा अझै स्व वीरेन्द्रको नाममा सम्पत्ति हुन सक्ने हुँदा खोजी जारी राखिने उल्लेख गरे ।
ट्रष्टको कामका बारेमा आम नागरिकलाई जानकारी दिन वृत्तचित्र तयार पारी विभिन्न टेलिभिजनबाट प्रशारण समेत गरिएको तथा स्व वीरेन्द्रको सम्पत्तिलाई शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा प्रयोग गरिने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
-
पूर्वप्रधानमन्त्री खनाल साताव्यापी चीन भ्रमणमा
-
स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
करेन्ट लागेका बालकलाई क्षतिपूर्ति दिइने
-
देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु
-
‘उनीहरू युद्ध गर्न होइन, पढ्न गएका थिए’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण