शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नेपालकी अग्ली महिला सिकिस्त बिरामी, पैसा नहुँदा उपचारमा समस्या

सोमबार, ०८ चैत २०७२, १८ : १६
सोमबार, ०८ चैत २०७२

काठमाडौं– नेपालकै अग्ली महिला उर्मिला चौधरी सिकिस्त बिरामी परेकी छिन् । ब्रेन ट्युमर र सुगरले थलिएकी उर्मिलालाई यहि पौष २० गते राजधानी वीर अस्पतालमा भर्ना गरिएको थियो । उनीको विर अस्पतालको न्युरो ट्रामा एनेक्स वार्डको ३२५ बेडमा ८७ दिनदेखि निरन्तर उपचार भइरहेको छ । ७ फिट २ इन्च उचाई भएकी उनी देशकै अग्ली महिला हुन् । उनको भन्दा अग्लो कद भएको युवती अहिलेसम्म नेपालमा कही भेट्टाएको छैन । सिराहाको ढोर्नामा जन्मिएकी उमिर्लाको ०६७ सालमा टाउकोमा समस्या देखापरेपछि धरानस्थित विपि कोइराला अस्पतालमा अपरेसन गरेर ट्युमर निकालिएको थियो । एकातिर लामो समयसम्म उपचार गर्नुपर्ने बाध्यता अर्कोतर्फ सुगर रोगका कारण बाँचुञ्जेल औषधि खानु पर्ने भएपछि चौधरी परिवार चिन्तामा छन् । राजधानीजस्तो महँगो ठाँउमा लामोसमयसम्म बसेर ब्रेन ट्युमरको महँगो औषधि किन्नु पर्ने भएपछि आफूहरुले घरखेत बेच्नु पर्ने अवस्था श्रृजना भएको उर्मिलाकी आमा चन्द्रा चौधरीले दुखेसो पोखिन् । उपचारको क्रममा उनलाई प्यारालाइसिस समेत देखिएको छ । दुबै खुट्टा नचल्दा उनी वाकरको सहारामा साधारण हिडडुल गर्छिन् । कक्षा दशसम्म अध्ययन गरेकी चौधरीले आफ्नो स्वाथ्यका कारण पढ्न नपाएको गुनासो पोखिन् । उनले भनिन्, ‘जवान हुँदादेखि नै आफ्नो उपचार गराउन अस्पाताल धाउन प¥यो । अब त बिहे गर्ने उमेर पनि जान लागिसक्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप