शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पूर्व मन्त्रीसहित ५ हजारभन्दा बढी सद्भावना पार्टी प्रवेश

सोमबार, ०८ चैत २०७२, १९ : २३
सोमबार, ०८ चैत २०७२
राजविराज - फोरम लोकतान्त्रिकका महासचिव पदबाट राजिनामा दिएका पूर्व मन्त्री मृगेन्द्रकुमार सिंह यादवले सोमदिन एक कार्यक्रमका सद्भावना पार्टीमा प्रवेश गरेका छन् । राजविराजमा सदभावना पार्टीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रम तथा आम सभामा उनीसँगै फोरम लोकतान्त्रिक, एमाले, काँग्रेस, एनेकपा माओवादी, तमलोपा र फोरम गणतान्त्रिक लगायतका पार्टी परित्याग गरी ५ हजार ५ सयभन्दा बढि स्थानिय नेता र कार्यकर्ताहरु सदभावनामा प्रवेश गरेको पार्टीले दाबी गरेको छ । पार्टी प्रवेश गरेका पूर्व मन्त्री यादव सहित अन्य सवैलाई मंचमै सदस्यता रसिद प्रदान गर्दै सदभावना अध्यक्ष राजेन्द्र महतोले माला लगाई स्वागत गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा फोरम लोकतान्त्रिक सप्तरीका कार्यवाहक अध्यक्ष सत्यनारायण यादव, केन्द्रिय सदस्य मंजुलता यादव, १३ वटा गाविसका पूर्व अध्यक्ष एवम विभिन्न पार्टीका नेता कार्यकर्ता गरी ५ हजार ५ सय २४ जना सदभावनामा प्रवेश गरेको छन् । सो अवसरमा सदभावना अध्यक्ष महतोले पार्टी प्रवेश गरेका यादव सहित अन्यलाई पार्टी भित्र उचित सम्मान र स्थान दिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप