प्रधानमन्त्रीको चीन भ्रमणपछि काँग्रेस सरकारमा आउँछ : नेपाल
मङ्गलबार, ०९ चैत २०७२, ०९ : १९
सल्यान– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्रीको चीन भ्रमणपछि काँग्रेसलाई सरकारमा ल्याउन छलफल गरिने बताएका छन् ।
देशको समग्र विकासका लागि सहमति र सहकार्य आवश्यक भएको भन्दै नेता नेपालले काँग्रेसलाई पनि सँगै लैजान सक्ने क्षमता एमालेमा रहेको दाबी गरे ।
प्रेस चौतारी नेपाल सल्यान शाखाले आज बिहान सदरमुकाम खलङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले देशमा अस्थिरता कायम गरेर देशको प्रगति नहुने भएकाले यसको निकासका लागि पनि सहकार्य आवश्यक भएको बताए । उनले भने, “राष्ट्रिय एकता नेपालीको विशेषता हो यसलाई कमजोर पारेर देशले गति लिन सक्दैन, राजनीतिक निकासका लागि पनि सहमति र सहकार्य आवश्यक छ ।”
नेता नेपालले प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल रहेको दाबी गर्दै चीन भ्रमण पनि उपलब्धिपूर्ण हुने दाबी गरे । “देशमा लामो समयसम्म रहेको नाकाबन्दी प्रधानमन्त्री भारत भ्रमणपछि खुलेको छ, उहाँको चीन भ्रमण पनि देशका लागि छिमेकीसँगको सम्बन्ध र उन्नतिका लागि उपलब्धिपूर्ण हुने छ ”, उनले भने ।
सरकारमा रहेको ठूलो दल एमाओवादीले मन्त्री फिर्ता बोलाउँदै छ भन्ने हल्ला छ नि भन्ने पत्रकारको प्रश्नको जवाफमा नेता नेपालले भने, “यो सरकारले नै स्थानीय निकाय र संसद्को निर्वाचन गराउँछ, मैले पनि २२ दललाई मिलाएकै हो अहिलेको सरकारसँग पनि मिलाएर लैजान सक्ने क्षमता छ ।”
सरकारमा त सङ्घीयता विरोधी, राजावादी, गणतन्त्रवादी मिलेर खिचडी भएको छ गणतन्त्रको कार्यान्वयनमा समस्या हुँदैन भन्ने प्रश्नको जवाफमा नेता नेपालले सबैलाई मिलाएर लैजान सक्नु नै ठूलो कुरा भएकाले यसमा शङ्का नगर्न उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण