शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

रौतहटमा ८९ जना भारतीयले लिए अङ्गीकृत नागरिकता

मङ्गलबार, ०९ चैत २०७२, ०९ : ५५
मङ्गलबार, ०९ चैत २०७२

रौतहट– नयाँ संविधानजारी भएपछि जिल्ला प्रशासन कार्यालयले ८९ जना भारतीय महिलालाई वैवाहिक अङ्गीकृत नागरिकता प्रदान गरेको छ ।

जिल्लाको विभिन्न गाविस तथा नगरपालिका क्षेत्रभित्रका नेपाली युवासँग विवाह गरेका ती महिलाले नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

जिल्ला प्रशासन कार्यालयका नागरिकता फाँटका शाखा अधिकृत मुरारी कार्कीका अनुसार नयाँ संविधान जारी भएपछिको छ महिना अवधिमा वैवाहिक अङ्गीकृत नागरिकता लिने भारतीय महिलाको सङ्ख्या वृद्धि भएको छ ।

जिप्रका अनुसार गएको असोज महिनामा पाँच जना, कात्तिकमा तीन जना, मङ्सिरमा आठ जना, पुसमा ११ जना, माघमा २१ जना र फागुनमा ४२ जनासमेत गरी ८९ जना भारतीय महिलाले अङ्गीकृत नागरिकता लिएका छन् ।

श्रीमान्को नागरिकता, विवाह दर्ता, हुलाक रजिस्ट्रर गरेको रसिद र भारतीय नागरिकता परित्याग गरेको प्रमाण लिएर आएमा महिलाले वैवाहिक अङ्गीकृत नागरिकता पाउन सक्ने प्रावधान हालै जारी संविधानमा उल्लेख छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप