शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

राजकुमार ह्यारीद्वारा सूर्योदयको अवलोकन, मनोरम दृश्य मोबाइलमा कैद

मङ्गलबार, ०९ चैत २०७२, ०९ : ४५
मङ्गलबार, ०९ चैत २०७२

लम्जुङ–बेलायती राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ह्यारीले आज लम्जुङमा बिहानको सूर्योदयसँगै प्राकृतिक मनोरमका उत्कृष्ट नमुनाका रुपमा रहेका हिमाली दृश्य अवलोकन गरेका छन् ।

उनले सूर्यादयलगायतका मनोरम हिमाली दृश्यलाई आफ्नो निजी मोबाइलमा कैद गरे । अन्नपूर्ण दोस्रो, माछापुच्छ«े, लम्जुङ, मनास्लु, हिमचुली र एलएचल्हो हिमाल र सूर्योदयका दृश्यलाई उनले निकै अभिरुचीपूर्वक अवलोकन गरे ।

नेपालको औपचारिक पाँच दिने भ्रमणमा चैत ६ गते राजधानी काठमाडौँ आएका ह्यारी हिजो लम्जुङ जिल्लाको गौँडा गाविसस्थित लेउरानीमा बास बसेका थिए । उनले दोस्रो विश्वयुद्धमा गोर्खा सैनिकका तर्फबाट सो गाउँबाट सहभागी स्व गन्धुराम तामाङको घरमा बसीे उनकी श्रीमती मङ्गली तामाङसँग बेलुकाको खाना खाएका थिए ।

सोमबार बेलुकाको असिना पानीले एक्कासि चिसो बनेको वातावरण भए पनि राकुमार ह्यारी बिहानै ५ बजे उठी हिमाली दृश्यको अवलोकन गरेका थिए । नेपाली परम्पराअनुसार उनले आज यहाँ फागु खेल्ने कार्यक्रम छ भने त्यसपछि उनी एक घन्टा पदयात्रामा जानेछन् ।

यसैबीच ह्यारी आज पोखरा लामाचौरस्थित बिट्रिस क्याम्पमा हुने एक समारोहमा सहभागी हुन पोखरा आउन लागेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद रेग्मीले जानकारी दिए । समारोहमा सहभागी भई ह्यारी आजै उनी काठमाडौं फर्कने कार्यक्रम रहेको रेग्मीले जानकारी दिए ।

नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसर पारेर पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा आएका ह्यारीको पोखरा भ्रमणलाई महत्वपूर्ण अवसरका रुपमा पोखरेलीले लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप