शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

गाविस सचिव यादव अख्तियारमा

मङ्गलबार, ०९ चैत २०७२, १२ : १०
मङ्गलबार, ०९ चैत २०७२
सप्तरी, चैत ९– आर्थिक अनियमितता गरेको आरोपमा बनैनियाँ गाविसका पूर्वसचिव देवनारायण यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरी सुनसरीले गरेको पत्राचारानुसार सप्तरी प्रहरीले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरी सुनसरीले पत्र पठाएपछि गाविस सचिव यादवलाई प्रहरीले पक्राउ गरी आयोगमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए । हाल सप्तरीका औरही र झुटकी गाविसका गाविस सचिव समेत रहेका यादवले आर्थिक हिनामिना गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । अभियुक्त यादवविरुद्ध उजुरी परेपछि पक्राउ गरी आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरी सुनसरीमा ल्याएको र उनको विषयमा अनुसन्धान भइरहेको आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीका प्रमुख रवीन्द्र शर्माले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप