मलेसियाबाट फर्किने बिदेशी कामदारमा नेपाली धेरै
क्वालालम्पुर–मलेसियाले बिदेशी कामदारको परनिर्भरतालाई लगाताररुपमा घटाउँदै लगेको छ । पछिल्लो एक महिनाको अन्र्तरमा झण्डै एक लाख २७ हजार बिदेशी कामदार सरकारले कटौती गरेको छ । सबै भन्दा धेरै कटौती हुनेमा नेपाली छन् । ५३ हजार २५ जना नेपाली अघिल्लो महिनाको कुल संख्यामा कमि देखिन आएको हो । सरकारले एक महिना अघि बैधानिक कामदार २१ लाख ३५ हजार भएको तथ्यांक सार्बजनिक गरेको थियो । अहिले बैधानिक कामदार २० लाख ८ हजार मात्र भएको उपप्रधान तथा गृहमन्त्री दातुक सेरी अहमद जाहीद हमिदी बताए । मलेसियामा झण्डै ५५ लाख बिदेशी कामदार रहेको भनि बिभिन्न सरोकारवालाहरुले गर्दै आएको दाबीलाई सरकारले खण्डन गरेको छ । यो दाबीमा कुनै सत्यता नभएको भन्दै गृहमन्त्रि हमिदीले गत जनवरी ३१ तरीख सम्मको पुत्राजय अध्यागमन बिभागले दिएको तथ्यांक बमोजिम २० लाख ८ हजार बैधानिक कामदार रहेको स्पष्ट पारे । अबैधानिक कामदार कति छन भन्नेबारेमा एकीन जानकारी सरकारसंग पनि छैन । बैधानिक कामदारकै हाराहारीमा अबैधानिक कामदार रहेको अनुमान बिभिन्न सरोकारवालाहरुले गर्दै आएका छन् । सन २०२० भित्र दुई प्रतिशत बिदेशी कामदार कटौती गर्ने मलेसियाको लक्ष्य छ । हालको १७ प्रतिशतको परनिर्भरतालाई १५ प्रतिशतमा झार्न सरकार लागी परेको छ । अबैधानिक कामदारमाथीको धरपकट तथा बैधानिक बन्न पाउने रिहायरिंग कार्यक्रम यस्का लागी सहयोग सिद्ध हुने मलेसियाले बिश्वास लिएको छ । स्थानिय नागरिकलाई रोजगारमा सामेल गराई बिदेशी कामदारको परनिर्भरतामा कमी ल्याउने सरकारले बताउंदै आईरहेको छ । मलेसिया सरकारले चाहे बमोजिम स्थानिय नागरिकले भने बिदेशी कामदारले गर्दै आएको काममा रुची राखेको पाईदैन । अत्याधिक बिदेशी कामदारका कारण स्थानिय नागरिकको रोजगारीमा ब्यापक असर परेको आवाज उठेपछि २ प्रतिशत बिदेशी कामदारप्रतिको परनिर्भरता घटाउन मलेसिया लागी परेको हो । यसैबिच मलेसियामा ईण्डोनेसियन कामदारको संख्या यसपाली पनि अग्रस्थानमा छ । दोस्रोमा नेपाल छ भने तेस्रो र चौथोमा क्रमश बंगलादेश र भारत छन् । कुल ८ लाख १९ हजार ७ सय ७३ ईण्डोनेसियन यहां बैधानिक तरिकाले काम गरीरहेका छन् । एक महिना अगाडीको तथ्यांक भन्दा ८ हजार ५ सय १० जना ईण्डोनेसियन कामदारको संख्यामा कमी देखिन आएको हो । यसैगरि पछिल्लो जानकारी बमोजिम ४ लाख ८३ हजार ९ सय ८ जना नेपाली मलेसियामा बैधानिक कामदारको सूचिमा छन् । एक महिना अगाडीको तुलनामा ५३ हजार २५ जना नेपाली बैधानिक कामदारको सुचिबाट हटेको देखिन्छ । उनीहरु स्वदेश फर्किएको हुन सक्ने अनुमान गर्न सकिन्छ । नेपाली कामदारको यस तथ्यांकले पनि मलेसियामा आउने भन्दा स्वदेश फर्किने धेरै भएको पुष्टि गर्छ । मलेसियामा जति बैधानिक नेपाली कामदार छन् उती नै संख्यामा अबैधानिक कामदार रहेको भन्ने गरिए पनि यस्को आधीकारीक पुष्टी गर्न मुस्कील छ । यद्यपी नेपाली कामदारको पहिलो रोजाईमा मलेसिया पर्ने गरेपनि अबका दिनमा त्यो सम्भब नहुने देखिएको छ । अधिकांस नेपाली मलेसिया सरकारले कामदारलाइ सुरक्षा दिन असमर्थ रहेको आरोप् लगाउछन् । यस्तै २ लाख ७२ हजार ३६ जना बंगलादेशी कामदार अहिले मलेसियामा बैधानिक छन् । अघिल्लो महिनाको तथ्यांक भन्दा यो तथ्यांकमा १० हजार २ सय ५० जना घटेको देखिन्छ । यसैगरी म्यानमार,भारत , भियतनाम लगाएत मुलुकका कामदारको कुलसंख्यामा पनि गिरावट आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण