सट बल फर्काउन नसके पनि भलिबलमा ह्यारीकै जित
मङ्गलबार, ०९ चैत २०७२, १३ : ५८
लमजुङ - छात्रा मनोज गुरुङले प्रहार गरेको पहिलो सट बल राजकुमार ह्यारीले फर्काउन भ्याएनन् तर मैत्रीपूर्ण भलिबल प्रतियोगितामा उनको समूह २५–१९ ले विजयी भयो ।
गौँडा गाविसको गौँडा मावि ओखरीको खेल मैदानमा आज बिहान राजकुमार ह्यारी ब्रिटिस गोर्खा नेपाल टोलीमा सहभागी भई मैत्रीपूर्ण भलिबल खेलका लागि मैदान उत्रेका थिए । राजकुमारका साथमा सोही विद्यालयमा अध्ययन गरिरहेका छात्रछात्रा टकबहादुर थापा, उमेश गुरुङ, जयप्रसाद गुरुङ, प्रियसी गुरुङ लगायत थिए ।
भूपू गोर्खाका क्याप्टेन बालकृष्ण गुरुङले नेतृत्व गर्नुभएको अर्को टोली वेलफेयर स्किममा छात्रछात्रा युवराज गुरुङ, मोती थापा, मनोज गुरुङ, जुन थापा, कल्पना गुरुङले साथ दिएका थिए ।
हकी खेलका खेलाडी र भलिबलका सोखिन ३२ वर्षीय ह्यारीको टोलीले स्किमलाई ३५ मिनेटमा २५–१९ ले पराजित गरेको थियो ।
गत वैशाखको भूकम्पले पूर्ण क्षति पु¥याएको विद्यालयको अवलोकन र नवनिर्माणबारे जानकारी लिएपछि शारीरिक अभ्यास गर्दै ह्यारी मैदान उत्रेका थिए । ह्यारी मैदान प्रवेश गर्दा विद्यालयका छात्रछात्राले ताली बजाएर स्वागत गरेका थिए । खेलपछि उनले आफ्नो टोलीमा सहभागीसँग तस्बिर खिचाए ।
यसअघि ह्यारीले भूकम्पले क्षति पु¥याएका कक्षा कोठा र यही चैतमा सुरु हुन लागेको प्रवेशिका परीक्षाको तयारी कक्षामै प्रवेश गरी विद्यार्थीलाई ह्यारीले भने ‘स्टडी एन्ड बेस्ट अफ लक । ’
लमजुङका जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले राजकुमारबाट भलिबल खेलमा सहभागी भई विद्यार्थीलाई अध्ययनमा थप उत्साह जनाइएको प्रतिक्रिया दिए ।
यसैगरी विद्यालयका प्राचार्य उत्तममान गुरुङले राजकुमारलाई विद्यालयमा स्वागत गर्न पाउनु आफ्ना लागि ऐतिहासिक क्षण भएको बताए ।
यसअघि ह्यारी गाँैडा गासिसको लुरानीबाट एक घन्टाको पदयात्राबाट ओखरे आइपुगेका थिए । पदयात्राका क्रममा ह्यारीले आफूलाई अनुपम प्राकृतिक सुन्दरताले लोभ्याएकाले आफू नेपाल आएको बताए । सो क्रममा उनले पैदलयात्राबाट देखिने अन्नपूर्ण, माछापुच्छे«, मनास्लु, लमजुङ हिमाल लगायतको अवलोकन गर्नाका साथै ती दृश्य आफ्नो मोबाइलमा कैद गरेका थिए ।
अहिले ह्यारी पोखरास्थित गोरखा वेलफेयर स्किमको कार्यक्रममा सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण