शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मौरीबाट रु अठार लाख आम्दानी

मङ्गलबार, ०९ चैत २०७२, १४ : ३२
मङ्गलबार, ०९ चैत २०७२

मोरङ -  थोरै लगानीमा मनग्य आम्दानी हुने भएपछि उत्तरी मोरङका किसान मौरीमा लगानी गर्न थालेका छन् । जिल्लाका पथरीशनिश्चरे, उर्लाबारी, लेटाङ–भोगटेनी नगरपालिका, बयरवन, केरौन, होक्लाबारी गाविसमा व्यावसायिकरुपमा गरिँदै आएको छ । यहाँ एक हजार मौरीका घारबाट वार्षिक रु १८ लाख अम्दानी भएको किसानले बताएका छन् । “एक घार मौरीबाट वार्षिक रु १८ हजारसम्म आम्दानी गर्न सकिन्छ,” मेलिफेरा मौरी पालन सहकारी संस्थाका सदस्य सूर्य कटुवालले भने । अहिले विदेशबाट फर्किएका युवाहरु मौरी पालन व्यवसायतिर आकर्षित हुन थालेका छन् । मङ्सिर– पुसदेखि वैशाख महिनासम्म मौरीका घारलाई फूल फुल्ने यामअनुसार विभिन्न ठाउँमा घुमाउनुपर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप