भोटेकोशीबाट गरियो पर्यटन संसदको घोषणा
काठमाडौं–पर्यटन पत्रकारहरुको संस्था राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)ले भोटेकोशी नदीको बीच भागबाट पर्यटन संसदको घोषणा गरेको छ । सोमबार सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोशी नदीको बिच भागमै बसेको नाटोज केन्द्रीय कार्यसमितिको बैठकबाट पर्यटन संसद घोषणा गरिएको संघका अध्यक्ष शिव अधिकारीले रातोपाटीलाई बताए ।
उनका अनुसार पर्यटन संसदको संरचनागत स्वरुप सबैले देखेभोगेको मुलुकको संसद जस्तै हुने छ भने सोमा प्रत्येक पर्यटकीय संघसंस्थाको तर्फबाट कम्तिमा पाँच जना प्रतिनिधिहरुलाई प्रतिनिधित्व गराई बढिमा १ सय ११ सदस्यीय बनाइने छ । यसको छुट्टै कार्यविधि र आचारसंहिता समेत बनाइने उनको भनाई छ । त्यस्तै संसद कक्षको एउटा रुप तयार गरिने छ भने तिनै सांसदहरुले पर्यटन क्षेत्रमा आइपरेका समस्याहरुमाथि संसदभित्र छलफल गरी समाधान गर्न सकिनेलाई तत्काल समाधान गर्ने र नसकिने अवस्थामा सम्बधित निकाय तथा सरकारलाई सुसुचित गर्दै दबाव दिने काम गर्ने अधिकारीले बताए । यस्तै संसदको सभामुख चक्रिय प्रणालीमा हुनेछ ।
पर्यटन संसदबारे प्रष्ट्याउँदै अधिकारीले अगाडि भने, ‘मुलुकको पर्यटन प्रवद्र्धन र विकासका निम्ति एक जुट भएर जुट्नुपर्नेमा व्यवसायीहरु राजनीतिक विचार सिद्धान्तको आधारमा छिन्नभिन्न भएको अवस्था छ । समग्र पर्यटन उद्योगको भविष्य उज्वल बनाउन र पर्यटन क्षेत्रका समस्याको समाधानको लागि सबैको आवाज एकमुष्ट बुलन्द पार्न यसको परिकल्पना भएको हो ।’ संसदले व्यवसायहरुमा भावनात्मक एकता कायम गर्न, पर्यटन क्षेत्रको समस्याहरुलाई व्यवहारिक र वैज्ञानिक रुपमा दीर्घकालिन समाधान गर्न तथा पर्यटन पत्रकारहरुलाईसमेत समाचार संकलनमा सघाउ पुग्ने नाटोजले विस्वास लिएको छ ।
सो अवसरमा भोटेकोशीमा राफ्टिङ समेत गराइएको थियो । र्याफ्टीङमा पर्यटन क्षेत्रका व्यक्तित्वहरुका साथै पर्यटन पत्रकारहरुको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण