नयाँ शक्तिको वेवसाइट ह्याक
मङ्गलबार, ०९ चैत २०७२, १६ : ३९
काठमाडौं – आजदेखि शुरु गरिएको नयाँ शक्ति नेपालको वेबसाइट ह्याक भएको छ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपालले आजदेखि http://www.nayashaktinepal.org/ वेवसाइट सञ्चालनमा ल्याएको थियो । आफूलाई फोर ब्रदर्स बताउने ह्याकरहरुले वेवसाइट ह्याक गरेका हुन् । ह्याक गरेपछि वेभसाइटमा सन्देश छाडिएको छ । ‘जताततै नयाँ शक्ति नयाँ शक्ति नयाँ शक्ति भन्दै दुई चार शब्दको भाषण दिँदैमा देश बन्दैन। साँच्चैको नयाँ शक्ति हो भने देशमा सुख शान्ति, समृद्धि ल्याउ र भ्रष्टाचार अन्त्य गर। नेपाली जनताले धेरै दुस्ख भोगिसके। अब जलेको घाउमा घिउ थप्ने काम नगर। ’ वेवसाइट अहिले अन्डर मेन्टेनेन्स रहेको छ । यो पनि पढ्नुहोस्
नयाँ शक्तिले शुरु गर्यो वेवसाइट, अनलाइन सदस्यता वितरण गर्ने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण