हाजिरी नपुग्दा ३०९ विद्यार्थी एसएलसी दिनबाट वञ्चित
काँकडभिट्टा – यस वर्षको एसएलसी परीक्षामा झापाबाट सहभागी विद्यार्थीमध्ये ३०९ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् ।
परीक्षामा सहभागी हुनका लागि विद्यार्थीले कम्तीमा पनि ७५ प्रतिशत विद्यालयमा हाजिरी भएको हुनुपर्ने प्रावधान छ । त्यसैले एसएलसी परीक्षाका लागि झापाका १०४ वटा माध्यमिक विद्यालयबाट आवेदन भरेका ३०९ जना विद्यार्थी हाजिरी नपुगेका कारण परीक्षा दिनबाट वञ्चित भएका हुन् ।
गत वर्ष ७१७ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका थिए ।
यसैगरी, यस वर्षको एसएलसीमा झापाबाट १६ हजार ९८५ जना विद्यार्थी सहभागी हुने सहायक जिल्ला शिक्षा अधिकारी गणेश अधिकारीले बताए ।
शिक्षा कार्यालयको तथ्याङ्कअनुसार नियमिततर्फ १३ हजार ४९७ रहेका छन्, जसमध्ये छात्र छ हजार ४५६ र छात्रा सात हजार ४१ जना छन् ।
यसैगरी आंशिकतर्फ तीन हजार ४८२ जना विद्यार्थी छन् । जसमध्ये छात्र एक हजार १९७ र छात्रा दुई हजार २८५ जना रहेको परीक्षा शाखाका दिनेश आचार्यले बताए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण