चीनले संविधानको स्वागत गर्दैमा आन्दोलन रोकिन्न : महतो
काठमाडौ - प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा चिनियाँ सरकारद्वारा नेपालको संविधानलाई स्वागत गरेको प्रति संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले कडा आपत्ति जनाएको छ। मोर्चाको एक घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले रातोपाटीसँग आज कुरा गर्दै चिनियाँ सरकारद्वारा मधेशी जनजाति जनता माथि जबरजस्ती लादिएको नयां संविधानलाई स्वागत गरेर देशको दुई तिहाई जनताको भावना माथि ठेस पुर्याएको आरोप लगाएका छन्। प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा रहेको बेला अध्यक्ष महतो आफ्नो देशको दुई तिहाई जनताले स्विकार्न नसकेको संविधान बिदेशीलाई गुहारेर स्वागत गराउनुको कुनै अर्थ नरहेको बताए । अध्यक्ष महतोले नेपालको बिभेदकारी र मधेशी, आदिवासी(जनजाती, दलित, मुस्लिम बिरोधी संविधानको स्वागत गर्नु अत्यन्त खेदजनक भएको बताउदै सबैको स्वामित्व नभए सम्म कुनै पनि राष्ट्रले स्वागत गर्नु देशकै बहुसंख्यक जनताको अपमान गर्नु बताएका छन्। उनले कुनै देशले स्वागत गर्दैमा आन्दोलन नरोकिने पनि बताए। हिजो भारतीय राजदूत रन्जित राय र आज अमेरिकी दुतावासका राजनीतिक प्रमुखसँग भेटेका उनले प्रधानमन्त्रीको बिदेशीलाई गुहारेको ब्यवहार हेर्दा नेपालको संविधान नेपाली जनताभन्दा पनि बिदेशी सरकारहरूको लागी बनाए जस्तो देखिएको बताए । मधेश आन्दोलनको क्रममा चिनियाँ सरकारद्वारा नेपालमा आम सहमतिनै नभई जबरदस्ती संविधान जारी गरेको कदमको स्वागत गर्दा मधेशमा कडा विरोधको सामना गर्नु परेको प्रसंग स्मरण गराउँदै चीन सरकारको पछिल्लो कदमले मधेशी जनता अझै आहत भएको बताए। उनले चीन सरकारलाई असल छिमेकी मुलुक सरह व्यवहार गर्न र सरकारको कुरामाथि विश्वास गर्नुभन्दा जनताको भावनाको सम्मान गर्न आग्रह गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण