शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

समुद्री छालसहितको फनपार्क सञ्चालन सुरु

शनिबार, १३ चैत २०७२, १० : ३१
शनिबार, १३ चैत २०७२

भक्तपुर–गर्मीयामको सुरुवातसँगै भक्तपुरको पलासेमा काठमाडौँ फनभ्याली पुनः सञ्चालनमा आएको छ ।

गर्मी मौसममा रमाउने ठाउँको रुपमा बालबालिकादेखि, युवायुवती एवम् पारिवारिक जमघट र रमाइलो गर्ने स्थलका रुपमा परिचित यो स्थल शुक्रबारदेखि सञ्चालनमा ल्याइएको काठमाडौँ फनभ्यालीका महाप्रबन्धक दिनेश गिरीले बताए ।

समुद्री छालको अनुभव दिने वाटर र एम्युजमेन्ट पार्कमा रमाउन सक्ने, स्विमिङ सँगसँगै विभिन्न रोमाञ्चक खेल पनि खेल्न सकिन्छ । नेपालकै एकमात्र वाटर र एम्युजमेन्ट पार्कको रुपमा रहेको यो स्थलमा काठमाडौँ फनभ्यालीले अन्तर्राष्ट्रियस्तरको सेवा तथा सुविधा पनि प्रदान गर्दैआएको महाप्रबन्धक गिरीको दाबी छ ।

आन्तरिक पर्यटक भित्र्याइ जिल्लामा पर्यटन विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ स्थापित पार्क शान्त र प्राकृतिक पर्यावरणको बीचमा ६२ रोपनी क्षेत्रफलमा फैलिएको छ । यहाँ एक दिनमा तीन हजार ५०० भन्दा बढीले मनोरञ्जन लिन सक्ने उनले बताए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप