श्रीमानलाई हत्कडी बाँधेर राख्न परेपछि छोराछोरीको बिचल्ली
गौशाला– महोत्तरी जिल्लाको विजलपुरा गाविस–१ बस्ने भागकुमारी देवीले आफ्नै श्रीमान्लाई विगत तीन वर्षदेखि हत्कडी बाँधेर राखेकी छिन् । श्रीमान् मानसिक रोगी भएका कारण हत्कडी लगाउनु परेको उनी बताउँछिन् ।
विजलपुरा गाविस–१ का ३३ वर्षीय श्रीमानु बलिराम सिंह विगत १० वर्षदेखि मानसिक रोगी रहिआएका छन् । तीन वर्षअघिदेखि घरीघरी आक्रामक बन्ने, आवेगमा आएको बेला अरुलाई लखेट्ने, कुटपिट गर्ने, ढुङ्गा फाल्ने जस्ता क्रियाकलाप गर्न थालेपछि उनलाई हत्कडी लगाएर राख्न परेको श्रीमती भागकुमारीले बताइन् ।
उनका अनुसार मानसिक रोगी श्रीमान्ले ६० वर्षीय ससुरा खेहरु सिंहलाई लठ्ठी प्रहार गरी टाउको फुटाइ दिएको र टोल छिमेकमा विभिन्न उपद्रो गर्न थालेपछि नचाहेर पनि यसो गर्नुपरेको हो । एक बिगाहा जग्गा बेचेर र रु तीन लाख कर्जा लिएर दुई वर्षअघि उनको उपचारमा रु १० लाख खर्चिसकेको पनि भागकुमारीले बताइन् ।
घरमा अर्को पुरुष अभिभावक नभएको र बुबा पनि उनकै लठ्ठी प्रहारबाट बिरामी रहेकाले तीन छोरी र एक छोराको लालनपालन गर्न भागकुमारीलाई अहिले निक्कै समस्या भइरहेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण