विद्यार्थीको चिच्चाहटपछि ३८ घाइते
शनिबार, १३ चैत २०७२, ११ : १२
केन्या– शुक्रबार केन्याको राजधानी नैरोबीस्थित एक विश्वविश्लयमा सँगै अध्ययनरत् एक विद्यार्थीको चिच्चाहटपछि विद्यार्थीहरुबीच भागदौड हुँदा केन्याट्टा विश्वविद्यालयमा अध्ययनरत ३८ विद्यार्थी घाइते भएको प्राप्त समाचारमा उल्लेख छ ।
आफ्नो साथीको आतिएको चिच्चाहटपछि सबै विद्यार्थी त्यहाँ आतङ्कवादी हमला भएको आशङ्कामा भवनका झ्याल तथा ढोकाबाट हामफाली बाहिर निस्किएका थिए । तर उनी आफ्नै सहपाठीले धारिलो हतियारद्वारा आक्रमण गरेपछि बचाउका लागि चिच्चाएका थिए ।
गएको अप्रिल २ मा एक अध्ययन प्रतिष्ठानमा दुई छुट्टाछुट्टै आतङ्कवादी हमला हुँदा १४८ जनाको ज्यान गएको थियो । साथीको आत्तिएर कराएको आवाजपछि उनीहरुबीच त्यस्तै घटना भएको आशङ्कामा भागदौड भएको थियो ।
केन्यामा हालैका केही महिनामा आतङ्कका कारण हतारमा भाग्दा विद्यार्थी पीडित हुन परेको यो तेस्रो घटना हो ।
सोमालियाका आफ्ना लडाकूविरुद्ध केन्याले पठाएको सैन्य सहयोगको विरोधस्वरुप सोमाली आतङ्कवादी समूह अल सेबाबले एकपछि अर्को गर्दै केन्या हमला गर्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण