शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

केन्यामा विद्यार्थीको चिच्चाहटले आतङ्कित पार्दा ३८ विद्यार्थी घाइते

शनिबार, १३ चैत २०७२, १४ : ४१
शनिबार, १३ चैत २०७२

नैरोबी (केन्या)– शुक्रबार केन्याको राजधानी नैरोबीस्थित एक विश्वविश्लयमा सँगै अध्ययनरत् एक विद्यार्थीको चिच्चाहटपछि विद्यार्थीहरुबीच भागदौड हुँदा केन्याट्टा विश्वविद्यालयमा अध्ययनरत ३८ विद्यार्थी घाइते भएको प्राप्त समाचारमा उल्लेख छ ।

आफ्नो साथीको आतिएको चिच्चाहटपछि सबै विद्यार्थी त्यहाँ आतङ्कवादी हमला भएको आशङ्कामा भवनका झ्याल तथा ढोकाबाट हामफाली बाहिर निस्किएका थिए । तर उनी आफ्नै सहपाठीले धारिलो हतियारद्वारा आक्रमण गरेपछि बचाउका लागि चिच्चाएका थिए ।

गएको अप्रिल २ मा एक अध्ययन प्रतिष्ठानमा दुई छुट्टाछुट्टै आतङ्कवादी हमला हुँदा १४८ जनाको ज्यान गएको थियो । साथीको आत्तिएर कराएको आवाजपछि उनीहरुबीच त्यस्तै घटना भएको आशङ्कामा भागदौड भएको थियो ।

केन्यामा हालैका केही महिनामा आतङ्कका कारण हतारमा भाग्दा विद्यार्थी पीडित हुन परेको यो तेस्रो घटना हो ।

सोमालियाका आफ्ना लडाकूविरुद्ध केन्याले पठाएको सैन्य सहयोगको विरोधस्वरुप सोमाली आतङ्कवादी समूह अल सेबाबले एकपछि अर्को गर्दै केन्या हमला गर्ने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप