राना थारु बस्तीमा अझैं होलीको रौनक
भीमदत्तनगर– सुदूरपश्चिमका राना थारु बस्तीमा होलीको रौनक छाएको छ । विशेष गरेर कैलाली, कञ्चनपुरमा बसोबास गर्ने राना थारु समुदायको परम्परागत होली १५ दिनसम्म चल्ने गर्दछ ।
राना थारु समितिहरु, युवा क्लबहरुले यतिखेर यहाँका बस्तीमा होलीको आयोजना गरी कला, संस्कृति र परम्पराको संरक्षणमा टेवा पु¥याइरहेका छन । त्यसैगरी शनिबार कञ्चनपुरमा राना थारु सङ्घर्ष समिति र राना थारु संस्कृति संरक्षण युवा विकास मञ्चले झलारीपिपलाडीमा होली मिलन कार्यक्रम आयोजना गरेको छ । राना थारु समुदायको भाषा, संस्कृतिको संरक्षण तथा पहिचानका लागि आयोजना गरेको होली मिलन कार्यक्रममा सांसद कृपाराम राना समेत होलीमा रमाए। उनले थारु समुदायको संस्कृति बचाउनु पर्नेमा जोड दिए । गत पूर्णिमाका दिन गाउँका अगुवाले होलीको उद्घाटन गरेका छन् । सोही दिनदेखि कञ्चनपुर, कैलालीका विभिन्न गाउँ क्षेत्रमा छरिएर रहेका राना थारु समुदाय बस्तीमा होलीको रौनक बढेको राना थारु अगुवाको भनाइ छ । होली पर्वमा वर्षदिनभरिको दुःख बिर्सेर रमाउने, आफन्तसँग भेटघाट गर्ने र मीठो मिष्टान्न खाने गरेको सम्बन्धित समुदायले बताउँछन् ।
यो पर्वका बेला नराम्रो त्यागेर राम्रो चिज तथा विचारधारा अँगाल्ने जनविश्वाससमेत रहेको र शिक्षक तथा सागरज्योति युवा क्लबका अध्यक्ष सतेन्द्र रानाको भनाइ छ ।
कञ्चनपुरका थारु बस्ती रहेको शङ्करपुर, देखतभुली, पिपलाडी, झलारी, सुडा, परासनलगायतका क्षेत्रमा चैत १८ गते बिहीबार रातिसम्म होली खेलेर धार्मिक परम्पराअनुसार समापन गरिने बताइएको छ । होलीमा थारु समुदायका युवायुवती होली नृत्य गर्ने मुख्य जिम्मेवारी हुन्छ भने पाका पुस्तालाई गीत गाउने भूमिका दिइएको हुन्छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण