प्रमद्वारा सिचुवान प्रान्तका अधिकारीसँग भेटवार्ता
बेइजिङ– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार चीनका सिचुवान प्रान्तका कम्युनिस्ट पार्टीका महासचिव तथा प्रान्तका गभर्नर वाङ दोङमिङलगायतका अधिकारीसँग भेटवार्ता गरे । भेटका अवसरमा प्रधानमन्त्री ओलीले आफूले चीनसँगको मित्रतालाई महत्व दिएको र भ्रमणबाट द्विपक्षीय सम्झौता सम्पन्न भई नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुगेको बताए ।
उनले चीनका प्रधानमन्त्रीसँग भएको भेटवार्ताबाट नेपाल–चीन सम्बन्धमा नयाँ अध्याय थपिएको बताउँदै विभिन्न सम्झौता भएका र आफूले बोवाओ फोरममा भाग लिएको बताए ।
प्रधानमन्त्रीले सिचुवान देङ्स्वाओ पिङ जस्ता नेताको भूमि भएको र उनकै मार्गदर्शनले चीन आज प्रगतिको मार्गमा अगाडि बढेको चर्चा गरे । नेपालले चीनबाट विभिन्न क्षेत्रमा लगानीको अपेक्षा गरेको र व्यापार विस्तार तथा पर्यटनको विकास गर्न चाहेको बताउँदै प्रधानमन्त्री ओलीले नेपाल बुद्ध जन्मेको देश भएको हुनाले यदि चीनबाट पनि बुद्ध धर्मावलम्बीहरुले नेपाल भ्रमण गरे नेपालको पर्यटनमा ठूलो टेवा पुग्ने बताए ।
नेपालले यस वर्षको सुरुमा भूकम्पको ठूलो मार खेप्नुपरेको, त्यसबाट करिब नौ हजारको मृत्यु र आठ लाख घर भत्केको अवस्थाको मार खेपिरहेकाले आफूले वोएचुवानमा गई त्यहाँको पुनःनिर्माण हेरेर पाठ सिकेको र चीनको अनुभव नेपालमा काम लाग्ने उल्लेख गरे ।
उनले हालै संविधान जारी भएपछि नेपालको दृष्टि केवल आर्थिक विकासमा भएकाले यस प्रयासमा छिमेकी चीन सरकार तथा व्यापारी वर्गको सहयोग आवश्यक हुने पनि बताए ।
सो अवसरमा पार्टी महासचिव वाङले नेपालले छेन्दुमा महावाणिज्य दूतावास खोल्ने र काठमाडौँ–छेन्दु भगिनी सम्बन्ध स्थापना हुने भएकामा खुसी व्यक्त गर्दै नेपाललाई सहयोग जारी राख्ने बताए । महासचिव वा¬ङलाई प्रधानमन्त्री ओलीले सकेसम्म चाँडै नेपाल भ्रमण गर्न निम्तो दिएकामा महासचिवले स्वीकार गर्दै उपयुक्त अवसरमा भ्रमण गर्ने बताए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण