शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पेस्तोलसहित दुई युवक पक्राउ

आइतबार, १४ चैत २०७२, १० : ५१
आइतबार, १४ चैत २०७२

सिरहा– सिरहा नगरपालिकाबाट प्रहरीले विशेष सुराकीका आधारमा मेड इन युएसए पेस्तोलसहित दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा मिर्चैया नपा–९ का २१ वर्षीय मैनोदिन अन्सारी र सोही ठाउँका २२ वर्षीय आकाश यादव रहेका छन् ।

गएराति भारतबाट पेस्तोल नेपाल ल्याउँदै गरेको अवस्थामा सिरहा नगरपालिका–१७ स्थित कमला नदीको बाँधबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका अन्सारी र यादव सवार मोटरसाइकललाई चेकजाँच गर्दा सिटको तल लुकाएर राखेको अवस्थामा मेड इन युएसए लेखिएको एक थान पेस्तोल, म्याग्जिन दुई थान र गोली नौ राउन्ड बरामद भएको हो । उनीहरु स३प ७७९ नंको मोटरसाइकलमा सवार थिए ।

पक्राउ परेका अन्सारी र यादवमाथि विशेष अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ज्ञवालीले जानकारी दिए । उनले उनीहरुमाथि हातहतियार खरखजानासम्बन्धी मुद्दा चलाउने बताए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप