लिभ–इन रिलेशनपछि छुट्टिएका बलिउडका ७ सेलिब्रेटी
१ रणवीर–कैटरिना कैफ : पछिल्लो समय यो जोडी छुट्टिएको खबरले बलिउडमा निकै चर्चा पाएको छ । रणवीर र कैटरिना २०१४ को अन्त्यदेखि लिभ–इन रिलेशनमा थिए । २०१६ को सूरुआतमा उनीहरु छुट्टिए र अहिले आ–आफ्नो घर फर्किएका छन् । उनीहरु मुम्बईमा अपार्टमेन्ट लिएर सबेका थिए । २. जोन इब्राहिम र विपाशा बासू : सन् २००३ मा जिस्म नामक चलचित्रको सेटमा जोन इब्राहिम र विपाशा बासूको परिचय भयो । जोनभन्दा अघि विपाशा डिनो मोरियोसँग प्रेम सम्बन्धमा थिइन् । विपाशा र जोन ९ वर्षसम्म लिभ–इन रिलेशनमा रहे । तर, २०१४ मा जोनले एक्कासी प्रिया रुचालसँग बिहे गरे । अहिले विपाशाले करण सिंह ग्रोवरसँग बिहे गर्ने समाचार बाहिर आएको छ ।
३. लारा दत्त र केली दोरजी : आफ्नो ब्वाईफ्रेन्ड केली दोरजीसँग ८ वर्षसम्म लिभ–इन रिलेशनमा थिइन् । लारा र केलीको मित्रता उनीहरुको मोडलिङ करियरसँग सूरु भएको थियो । लामो समय साथ रहेपछि उनीहरु दुबैले छुट्टिने निर्णय लिए । लाराले महेश भूपतिसँग बिहे गरिन् ।
४. सैफ अली खान र रोजा : सन् २००४ मा आफ्नी पहिलो श्रीमती अमृता सिंहसँग डिर्भोस भएपछि सैफ अली खान इटालियन मोडल रोजा कैटलानोसँग प्रेममा थिए । उनीहरु झन्डै २ वर्ष लिभ–इन टुगेदरमा रहे । त्यसपछि उनीहरुबीचको सम्बन्ध टुंगियो र सैफले २०१२ मा करिनासँग बिहे गरे । यस क्रममा करिना शाहिद कपूरसँग लिभ–इन रिलेशनमा थिइन् । उनीहरु ५ वर्ष एउटै फ्ल्याटमा बसेका थिए ।
५. कंगना रनोट र आदित्य पन्चोली : करियरको सुरुआती दिनमा कंगना रनोट मुम्बईमा आफ्नो उमेरभन्दा दोब्बर उमेरका आदित्य पन्चोलीसँग लिभ–इन रिलेशनमा थिइन् । जब आदित्य र कंगनाको ब्रेकअप भयो, त्यसपछि आदित्यले दुबैबीच प्रेम रहेको स्विकारे । अहिले उनीहरु दुबैबीच कुनै सम्बन्ध छैन् ।
६. कोंकणा सेन शर्मा र रणवीर शौरी : कोंकणा सेन शर्मा र रणवीर शौरीले २००८ मै डेटिङ थालेका थिए । २ वर्षसम्म उनीहरु लिभ–इन रिलेशनमा रहे । कोंकणा गर्भवती भएपछि दुबैले सन् २०१० मा बिहे गरे । तर यो सम्बन्ध ५ वर्ष मात्रै चल्यो । अहिले रणवीर र कोंकणा अलग अलग छन् । दुबैका एक छोराको नाम हरुन हो ।
७. देव पटेल र फ्रिडा पिन्टो : फिल्म स्लमडग मिलियनेयरबाट आफ्नो करियर सुरु गरेका देव पटेल र फ्रिडा पिन्टो झन्डै ६ वर्षसम्म लिभ–इन रिलेशनमा रहे । उनीहरु त्यसपछि अलग भए । अहिले पनि उनीहरुबीच साथिको सम्बन्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण