शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

‘प्रश्नहरुको कारखाना’माथि अन्तक्र्रिया

आइतबार, १४ चैत २०७२, १२ : २८
आइतबार, १४ चैत २०७२

त्रिशूली(नुवाकोट)– कवि सरिता तिवारीको कविताकृति ‘प्रश्नहरुको कारखाना’ ले समाजसँग अन्तरसंवाद गरेको समीक्षकले बताएका छन् ।

सदरमुका विदुरमा महाकवि देवकोटा साहित्य प्रतिष्ठानद्धारा आयोजित चितवनका कवि सरिता तिवारीको कविताकृति ‘प्रश्नहरुको कारखाना’माथि अन्तक्र्रिया गर्दै सहभागीले कृतिले उत्पीडन र विभेदलाई उजागर गरेको बताए । कार्यक्रममा कवि भूपाल राईले तिवारीको कविता अहिलेको समयको शक्ति भएको बताए । उनले भने, “तिवारीका कविताले समाजसँग अन्तरसंवाद गरेको छ, अन्तरविरोधसँग अन्तरसंवाद गरेको छ, समग्रमा अहिलेको समाजसँग प्रश्नहरुको कारखाना खडा गरेको छ ।”

विश्लेषक युग पाठकले तिवारीको कवितासङ्ग्रह समाजको प्रश्न भएकाले यसको जवाफ अहिलेको समाजले दिनुपर्ने बताए ।

प्रतिष्ठानका सचिव नारायण नेपालको सभापतित्वमा शनिबार भएको कार्यक्रममा साहित्यकार प्रकाश चापागाईं, शिक्षक रामहरि आचार्य, समाजसेवी रामहरि रिमाल बाजे, प्रगतिशील लेखक सङ्घ नुवाकोटका अध्यक्ष नवदीप अजनबी लगायतले मन्तव्य राख्नुभएको थियो भने सुमित्रा सुमीले कवि तिवारीका कविता वाचन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप