ब्रसेल्सको जाभेन्तम विमानस्थल मङ्गलबारबाट मात्र सुचारु हुने, विमानस्थलको सुरक्षामा नयाँ व्यवस्था गरिने
ब्रसेल्स– बेल्जियमको राजधानी ब्रसेल्समा रहेको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल आगामी मङ्गलबार मात्र खोल्ने भएको छ ।
उक्त विमानस्थलमा गतहप्ता आतङ्ककारीहरुको आक्रमणमा परी ठूलो क्षति पुगेको छ । बेल्जियमको राजधानी सहर ब्रसेल्सको बिमानस्थल र भूमिगत मालबेक मेट्रो स्टेशनमा गएको मङ्गलबार भएको आक्रमणपछि त्यहाँको सुरक्षा व्यवस्था भने निकै कडा पारिएको छ ।
ब्रसेल्स प्रहरीले आजसम्म कैयौँ व्यक्ति पक्राउ गरेको र अनुसन्धान सुरु गरेको जनाएको छ । यस विषयका समाचारहरु आइरहेका छन् ।
ब्रसेल्सको जाभेन्तम विमानस्थलमा आगामी मार्च २९, मङ्गलबारदेखि मात्र राष्ट्रिय र अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडानहरु पुनः सुचारु हुने जानकारी उक्त विमानस्थलले शनिबार दिएको बताइएको छ ।
उक्त विमानस्थलको सुरक्षा व्यवस्था निकै कडा तुल्याइएको बताइएको छ । साथै विमानस्थल सञ्चालनका लागि आगामी दिनमा नयाँ सुरक्षा मापदण्ड लागू गर्न लागिएको जनाइएको छ ।
ब्रसेल्सको प्रान्तीय सरकारले सुरु गर्न लागेको भनिएको उक्त नयाँ सुरक्षा व्यवस्था कस्तो हो र विगतको तुलनामा के कस्तो सुधार गरिँदैछ भन्ने बारेमा भने केही बताइएको छ ।
तर पनि यसअघि भएको सो हमलाका लागि त्यहाँको सुरक्षा व्यवस्थालाई नै बढी मात्रामा दोषी देखाइएको थियो । उक्त विमानस्थलको प्रस्थान कक्षमा सुरक्षा जाँचको प्रबन्ध पनि त्यति राम्रो नरहेको र यसैकारणले गर्दा नै सो आक्रमण भएको अनुमान गरिएको छ ।
आक्रमण पनि सोही कक्षमा नै भएको थियो । त्यसमा परी मारिने व्यक्तिको सङ्ख्या ३५ पुगेको जानकारी राष्ट्रिय प्रहरीले दिएका छन् । घाइतेको अवस्था पनि गम्भीर रहेको छ ।
यस आक्रमणमा परी घाइते हुने व्यक्तिको सङ्ख्या २६० जनाभन्दा बढी रहेको छ । अधिकांश घाइते गम्भीर अवस्थामा उपचार गराइरहेका छन् । चिकित्सकहरुले अझैपनि बेहोस अवस्थामा रहेका घाइते दर्जनौँ रहेका छन् ।
यस आक्रमणका दोषीको पहिचान भइसकेको छ । दोषीमाथिको कारबाहीका लागि प्रहरीले प्रक्रिया पनि सुरु गरेको छ । सो आक्रमणमा सम्लग्नमध्येका दुईको ज्यान गइसकेको छ । दुई दाजु भाइले ब्रसेल्सको विमानस्थल र मेट्रो स्टेसनमा छुट्टछुट्टै हमला गरेका थिए ।
उक्त कारबाही आत्मघाती रहेकोले उनीहरु दुवै जना मारिएका छन् । प्राप्त पछिल्लो समाचारमा बिहीबार मात्र ब्रसेल्समा थप छ जना संदिग्धलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तर पक्राउ परेका व्यक्तिको पहिचान भने उसले दिएको छैन । अधिकारीहरुले बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा आक्रमणका प्रमुख दोषीको खोजी अभियान जारी नै रहेको बताएका छन् ।
प्रहरीले ब्रसेल्स र अरु कैयौं नगरमा पनि व्यापक मात्रामा खोजी अभियान जारी राखेको जनाएको छ । आत्मघाती हमलामा सम्लग्न व्यक्तिको निवासस्थानको खोजी गरी उनीहरुसँग सम्बन्धित सूचना लिने काम प्रहरीले गरेको छ ।
यस आक्रमणपछि युरोपका विभिन्न देशमा पनि सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ । गत वर्ष फ्रान्सको राजधानी पेरिसमा भएको शक्तिशाली आतङ्कवादी हमलापछि युरोपमा विभिन्न देशमा सुरक्षामा कडाई गरिएको बताइएको छ ।
तिनै पेरिसका हमलाकारी एवम् योजनाकारहरुकै सम्लग्नतामा नै ब्रसेल्समा सो हमला गरिएको बताइएको छ । यसका कारण युरोपमा अरु देशको पनि सुरक्षामा कडाई गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण