गाविस सचिवले पुनःनिर्माण प्राधिकरणलाई सहयोग नगर्ने
दोलखा– दोलखाका गाविस सचिवले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अघि बढाउने काममा सहयोग नगर्ने बताएका छन् ।
जिल्लामा रहेको सचिवहरुको सङ्गठन, गाविस हकहित संरक्षण केन्द्र दोलखाले आज प्रमुख जिल्ला अधिकारी पुष्पराज शाही, पुनःनिर्माण प्राधिकरणका उपक्षेत्रीय प्रमुख हरिप्रसाद शर्मा, स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्मासमक्ष पाँचबुँदे ज्ञापनपत्र बुझाउँदै पुनःनिर्माणको काममा सहयोग नगर्ने बताएका हुन् ।
केन्द्रले बुझाएको ज्ञापनपत्रमा एक गाविसमा एक सचिव पदको व्यवस्था गरिनुपर्ने, गाविस सचिवलाई शतप्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरिनुपर्ने, पुनःनिर्माणमा अन्य सहयोगी कर्मचारीको व्यवस्था हुनुपर्ने, सुरक्षाको प्रत्याभूति हुनुपर्ने र सरुवामा एकरुपता कायम गरिनुपर्ने माग राख्दै सरकारले सुरु गरेका पुनःनिर्माण अभियानमा सहयोग गर्न अनिच्छा देखाएका हुन् ।
भिरकोट गाविसका सचिव प्रेमप्रकाश खत्री भन्छन् – “हामी मेसिन होइनौं । हामीले कति काम गर्ने रु जनताका सानासाना कामदेखि भूकम्पपछि पीडितलाई राहत, अस्थायी आवास निर्माणलगायत विभिन्न पक्षका काममा हामीले सहयोग गरेका थियौँ । अब सहयोग गर्न सक्दैनौँ ।
सरकारले भूकम्पपीडित जिल्लाका गाविसमा गाविस सचिवको अभाव हुन नदिने भने पनि दोलखाका १३ गाविस सचिवविहीन रहेका छन् । केही दिन अगाडि १६ गाविसमा सचिव नभएकामा अहिले तीन गाविसमा काज सरुवा गरी सचिव पठाइएको जिल्ला विकास समिति दोलखाले बताएको छ ।
यता, पुनःनिर्माण प्राधिकरणले काम थालेसँगै सरकारले भूकम्पपीडित परिवारलाई अनुदानका रुपमा दिने रु दुई लाखको प्रथम किस्ता वापतको रु ५० हजार रकम दिने सबै कार्य सकेर बैंकमा रकमसमेत पठाइसकेको बताएको छ । पुनःनिर्माण प्राधिकरण दोलखाका उपक्षेत्रीय प्रमुख हरिप्रसाद शर्माका अनुसार फागुन महिनाको ३० गतेदेखि सुरु गरिएको आवास पुनःनिर्माण अभियानअन्तर्गत अहिलेसम्म लामिडाँडा र लादुक गाविसका ५१९ घर परिवारलाई अनुदान रकमका लागि सम्झौता गरिसकिएको छ ।
गाविस सचिवले काम गर्न नमानेपछि आगामी केही दिनका लागि पुनःनिर्माण प्राधिकरणको काम स्थगन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण