शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सद्भावनाको राष्ट्रिय कार्यसमितिको बैठक विराटनगरमा

आइतबार, १४ चैत २०७२, १५ : ४८
आइतबार, १४ चैत २०७२

विराटनगर- सद्भावना पार्टीको राष्ट्रिय कार्यसमितिको विस्तारित बैठक सोमबारदेखि यहाँ सुरु हुँदैछ ।

तीन दिनसम्म चल्ने सो बैठकमा वर्तमान राजनीतिक परिस्थितिका साथै मधेस आन्दोलनको मूल्याङ्कन र यसको भावी स्वरुपबारे चर्चा हुने पार्टीद्वारा आज विराटनगरमा आयोजित पत्रकारसम्मेलनमा जानकारी गराइएको हो ।

सो अवसरमा पार्टीका मोरङ अध्यक्ष चन्द्रप्रसाद राजवंशीले उक्त तीनदिने बैठकमा केन्द्रीय समितिका पदाधिकारीका साथै विभिन्न भ्रातृ र वर्गीय सङ्गठनको पदाधिकारीको सहभागिता रहने बताए । बैठकमा पर्यवेक्षक समेत गरी ४०० प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप