अन्नपूर्ण दक्षिणमा लगातार हिमपहिरो
म्याग्दी– म्याग्दीको उत्तरी नारच्याङ गाविसमा पर्ने अन्नपूर्ण दक्षिण हिमालमा गत फागुनदेखि गएको हिमपहिरो अझै रोकिएको छैन ।
फागुन १० गतेदेखि अन्नपूर्ण दक्षिण क्षेत्रमा पटक पटक हिमपहिरो जाने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले जानकारी दिए । दिनहुँ ठूलो आवाजमा पहिरो जाने गरेको र अन्नपूर्ण दक्षिण हिमालबाट बग्ने घलेम्दीखोलासमेत धमिलो भएको उनले बताए ।
निरन्तर पहिरो खस्न थालेपछि उक्त नदीको पानी मिसिएर कालीगण्डकी नदीको पानी समेत सेतो देखिएको छ । निरन्तरको हिमपहिराले नदीको बहाब बढेको छ ।
घलेम्दीखोलाको सतह बढेका कारण नारच्याङमा निर्माणाधीन पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाले निर्माण गरेको काठेसाँघु बगाएको आयोजनाका कम्पनी सचिव विमल रिजालले जानकारी दिए ।
एक्याप र घलेम्दी जलविद्युत् आयोजनाबाट प्राविधिकको टोली पहिराको निरीक्षणका लागि आधार शिविरसम्म जाने तयारी गरे पनि प्रतिकूल मौसम र अत्यधिक धुलोका कारण सफल हुन नसकेको बताइएको छ ।
प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुङले निरन्तर हिमपहिरो खसे पनि कालीगण्डकी तटीय क्षेत्रमा कुनै प्रकारको जोखिम नरहेको बताए । प्रतिकूल मौसमका कारण हेलिकप्टरबाट समेत त्यहाँ जान सक्ने अवस्था नभएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण