साताव्यापी चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री (फोटोफिचर)
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो चीन भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । गत चैत ७ गते जम्बो टोलीका साथ चीन प्रस्थान गरेका उनी आज अपरान्ह स्वदेश फर्किएका हुन् ।
चीन भ्रमणका क्रममा ओलीले चिनियाँ राष्ट्रपति, प्रधानमन्त्रीलगायतका उच्च अधिकारीसँग भेट गरेका थिए ।
यस्तै चिनियाँ प्रधानमन्त्रीसँगको भेटपछि १० बुँदे सहमति समेत भएको थियो भने भ्रमणका क्रममा १५ बुँदे संयुक्त विज्ञप्तिसमेत जारी भएको छ । यस्तै उनले चीनको विभिन्न प्रान्त र शहरको पनि अवलोकन भ्रमण गरेका थिए ।
भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहोरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, व्यवस्थापिका–संसद्का सदस्य, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, उद्योगी–व्यापारी र केही पत्रकार रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण