व्यापारी अपहरण अभियोगमा प्रहरी जवानसहित ३ जना पक्राउ
वीरगन्ज – व्यापारीलाई अहपरण गरेर फिरौती रकम असुलेको आरोपमा पर्सा प्रहरीले एक प्रहरी जवानसहित ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरेर व्यपारीलाई अहपरण गरेर फिरौती रकम असुलेको आरोपमा पर्सा प्रहरीले एक प्रहरी जवानसहित ३ जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा प्रहरी जवान अरविन्द सिंह, वीरगन्जको पानीट्यांकीमा डेरा बस्दै आएका दिपक सिंह र रानीघाटका भगवान सिंह रहेका छन् ।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले शनिवार राति उनीहरुलाई वीरगन्जबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए । नगवाका एक किराना व्यपारीलाई अपहरण गरेर चार लाख रुपैयाँ फिरौती असुलेको आरोपमा प्रहरी जवान सिंहसहित ३ जनालाई पक्राउ गरिएको प्रहरी उपरिक्षक श्रेष्ठले बताए । छापा मार्ने क्रममा भगवान सिंहको घरबाट चार लाख ७२ हजार रुपैयाँसमेत बरामद भएको प्रहरी उपरिक्षक श्रेष्ठले बताए । पक्राउ परेका प्रहरी जवान सिंह सुर्खेतमा कार्यरत भए पनि चैत्र ५ गते राजिनामा दिएका थिए । उनी केही समय पहिले जिल्ला प्रहरी कार्यालय पर्साको अपराध नियन्त्रण शाखामा कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण