शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ब्रसेल्स घछनामा संलग्न एक संदिग्ध पक्राउ

आइतबार, १४ चैत २०७२, १७ : ३७
आइतबार, १४ चैत २०७२

ब्रसेल्स–बेल्जियमको दक्षिणपूर्वी नगर लिजको बाहिरी इलाकामा गत शनिबार लगातार तीन पटक बम विस्फोट भएको छ ।

यसैक्रममा एक संदिग्ध व्यक्ति पक्राउ परेको स्थानीय समाचार संस्थाले ला एभेनिरले जनाएको छ ।

उक्त विस्फोटबाट एक जना पैदल यात्रीलाई सामान्य चोटपटक लागेको र कसैले के कति कारणले उक्त विस्फोट गराएको हो, सो भने खुलाशा भएको छैन् । पहिलो विस्फोट दक्षिणीपूर्वी बेल्जियमको आङ्ग्लोर सहरमा रातको ११ः४० बजे भएको थियो ।

त्यसको आधा घन्टापछि वेन होसेमा र तेस्रो विस्फोट जुपिल कोएफ सडकमा मध्यरात १२ः३० बजे गराइएको थियो ।

उक्त तीन विस्फोट मध्ये एउटाले एक जना व्यक्तिलाई सामान्य चोटपटक लाग्नुका साथै एक स्थानीय व्यक्तिको सपत्ती केही क्षति भएको जनाइएको छ । पक्राउ परेको व्यक्तिसँग सोमबार सोधपुछ गरिने बताइएको छ ।

हालसम्मको आङ्कलनमा यस विस्फोटहरु गत मङ्गलबार राजधानी ब्रसेल्समा भएको आतङ्ककारी आक्रमणसँग सम्बद्ध नभएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप