मन्त्री पोखरेल र एडिबी उपाध्यक्ष झाङबीच भेट
काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलसँग एसियाली विकास बैंक (एडिबी) उपाध्यक्ष विन्काई झाङले भेटवार्ता गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज भएको भेटमा मन्त्री पोखरेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र लुम्बिनी विकास कोषलाई बैंकले पु¥याएको सहयोगप्रति आभार व्यक्त गरे ।
त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेवामा सुधार गर्ने उद्देश्यले हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाको सहयोग गर्न आग्रह गर्दै उनले भूकम्पले क्षति पु¥याएका जिल्लाहरुको पुनःनिर्माण र ‘ग्रेट हिमालयन ट्रेल’को पूर्वाधार विकासमा थप सहयोग आवश्यक रहेको बताए ।
एडिबीका उपाध्यक्ष झाङले नेपालको विकास निर्माणमा निरन्तर सहयोग गर्ने विश्वास दिलाए । एडिबीले हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र लुम्बिनी विकास कोषलाई पूर्वाधार निर्माणमा सहयोग गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण