युएईमा युवती तस्करी प्रकरणः युवतीको बयानपछि आयोजकको पोल खुल्यो
युएई- साँस्कृतिक कार्यक्रमको बाहानामा दलालहरुले मोटो रकम लिएर युएई पुर्याईएका भनिएका ६ युवती मध्ये २ युवती आज अबुधाबी स्थित नेपाली दुताबासमा उपस्थित भएका छन् । उपस्थित युवतीहरुले राजदूत धनन्जय झाको उपस्थितीमा गत फेब्रुवरी १२ मा सम्पन्न भ्यालेन्टाइन नाइट्स कार्यक्रमको लागि आफुले दलाललाई ३ लाख रकम दिएर युएई आएको बयान दिएका छन् । रातोपाटीमा गत चैत्र ९ गते ‘साँस्कृतिक गैर आबासिय नेपाली संघ, युएईले मानब ओसार प्रसारमा संलग्न ब्यक्तीहरुलाई कारबाही गर्न माग गर्दै दुताबासमा निबेदन बुझाएको छ भने उपस्थित युवतीहरुले समेत किटानी जारी सहित आयोजक उपर कारबाही गर्न निबेदन दिएका छन् । यसैबीच प्रबासी मंचले आफ्नो संलग्नता अस्विकार गरेको छ । युवती स्वयम दुताबासमा उपस्थित भए पछी मञ्च आफ्नो संलग्नता स्वीकार गर्न बाध्य भएको हो । यसअघि महासचिब उत्तम अधिकारीले एक विज्ञप्ती जारी गर्दै समाचारलाई आधारहीन भएको भन्दै ढाकछोपको प्रयास गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण