शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अष्ट्रेलियालाई ६ विकेटले हराउँदै भारत सेमिफाइनलमा

सोमबार, १५ चैत २०७२, ०५ : ०८
सोमबार, १५ चैत २०७२
काठमाडौँ -भारत टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार राती सम्पन्न खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश गरेको हो । भारतले सेमिफाइनलमा वेष्टइण्डिजको सामना गर्नेछ। टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १६० रन बनाएको थियो। सो लक्ष्य पछ्याउने क्रममा भारतका विराट कोहलीले उत्कृष्ट प्रदर्शन गरे। उनले ८२ रनको योगदान दिए । ९ चौका र २ छक्का प्रहार गरेका कोहलीले कप्तान धोनीसँग ६७ रनको साझेदारी गरे। यस्तै युवराज सिंहले २१ रन बनाए भने रोहित शर्मा १२, शिखर धवन १३, शुरेश रैना १० रनमा आउट भए। कप्तान महेन्द्र सिंह धोनीले १८ रन बनाए। अष्ट्रेलियाका लागि शेन वाट्सनले २ तथा न्याथन कल्टनायल र फाउलकेनरले १–१ विकेट लिए। ब्याटिङ तर्फ अष्ट्रेलियाका आरोन फिन्चले सर्वाधिक ४३ रन बनाए। यस्तै म्याक्सवेलले ३१, उसमान खावाजाले २६ रन बनाए। अष्टेलियाको ब्याटिङ ध्वस्त बनाउने क्रममा भारतका हार्दिक पाण्डेले २, आशिष नेहरा, जसप्रिट बुम्राहा, रविचन्द्रम् आश्विन र युवराज सिंहले १–१ विकेट लिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप