शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मलेसियासँग नेपाल बराबरीमा रोकियो

सोमबार, १५ चैत २०७२, ०२ : १३
सोमबार, १५ चैत २०७२
काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोली र मलेसियाको बाइस वर्षमुनि (यु–२२) को राष्ट्रिय फुटबल टोलीबीच भएको मैत्रीपूर्ण खेल १–१ को बराबरीमा सकिएको छ । मलेसियाको सेरेबनको टुअङ्कु अब्दुल रहमान रङ्गशालामा आइतबार सम्पन्न खेलको ३७ औं मिनेटमा भरत खवासले गोल गरेर नेपाललाई १–० को अग्रता दिलाएका थिए । उनले विपक्षी रक्षापङ्क्तिका खेलाडीलाई पार गर्दै एक्लो प्रयासमा गोल गरेपछि पहिलो हाफमा नेपालको पहिलो हाफ सुःखद रह्यो । एक गोलले पछि परेर सम्हालिएर खेलेको मलेसियाले दोस्रो हाफमा केही राम्रा आक्रमण ग¥यो भने नेपाल पनि प्रत्याक्रमणमा उत्रियो । तर खेलको अन्त्यतिर अर्थात ८७औँ मिनेटमा नेपाली गोलरक्षक र रक्षकको गल्तीको फाइदा उठाउँदै मलेसियाले बराबरी गोल गर्न सफल भएपछि नेपालले जितको अवसर गुमायो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप