शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

चट्याङले घरमा आगलागी, दुई गम्भीर घाइते

सोमबार, १५ चैत २०७२, ०८ : २३
सोमबार, १५ चैत २०७२

ताप्लेजुङ- ताप्लेजुङमा आज बिहान परेको चट्याङका कारण एक घरमा आगलागी हुनुका साथै दुई जना गम्भीर घाइते भएका छन् ।

ताप्लेजुङ नगरपालिका तीनस्थित आम्बोटे निवासी कृष्ण सापकोटा विकको घरमा बिहान करिब ५ः३० बजे चट्याङ लाग्दा आगलागी भई घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने सापकोटा र उनकी बुहारी अम्बिका घाइते भएको स्थानीय धनेन्द्र मादेनले जानकारी दिनुभयो ।

मादेनका अनुसार घरभित्रै रहेको अवस्थामा चट्याङ परेको थियो । आगलागीका कारण अम्बिकाको शरीरका विभिन्न भाग जलेको छ भने कृष्ण बेहोस अवस्थामा रहेको जनाइएको छ ।

घाइते दुवै जनाको अहिले जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको बताइएको छ । मादेनका अनुसार आगलागी भइरहेको समयमा स्थानीयले उनीहरुलाई उद्धार गरेका थिए । सापकोटाको दुई तले फुसको छानो भएको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप